काठमाडौं । भुटानमा शुक्रवारदेखि यू–१८ महिला 'साफ' च्याम्पियनसिप शुरु हुँदैछ ।
राजधानी थिम्पुमा रहेको चाम्लिङथाङ रंगशालामा शुक्रवार नेपालले पाकिस्तानको सामना गर्दैछ । यी दुई टिमबीचको खेल आज साँझ ७ बजेपछि शुरु हुँदैछ । उपाधि जित्ने लक्ष्यका साथै भुटान गएको नेपाल पाकिस्तानलाई हराउँदै खेलमा सुखद नतिजा निकाल्ने दाउमा रहेको छ ।
यता, नेपाली टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले टिमको तयारी राम्रो रहेकोे भन्दै पाकिस्तानलाई हराउँदै उपाधि जित्ने अभियानलाई बलियो बनाउने योजनामा रहेको बताए । साथै उनले नेपाली टिमले साढे दुई महिना अघि देखि तयारी शुरु गरेकाले पनि प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने बताएका हुन् ।
त्यस्तै, शुक्रवार नै हुने उद्घाटन खेलमा भारतले आयोजक भुटानको सामना गर्दैछ । यी दुई टिमबीचको खेल ४ बजेपछि शुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया