काठमाडौं । भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान आज नेपाल आएका छन् ।
अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे र पेट्रोल तथा ग्यास आपूर्तिसँग सम्बन्धित एजेन्डा लगायतका विषयमा छलफल गर्न भारतीय पेट्रोलियम मन्त्री प्रधानमन्त्रीसहितका टोली शुक्रबार बिहान ९ः३० बजे नेपाल आएका हुन् ।
आयल निगमका प्रवत्ता वीरेन्द गोइतका अनुसार भारतीय पेट्रोलियम मन्त्रीसहितको टोलीले निर्माणधीन पेट्रोलियम पाइपलाइन, ग्यास सम्बन्धी छलफल र अवलोकन हुनेछ ।
शुक्रबार निमार्णधीन रक्सौल–अमलेखगञ्ज र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना अवलोकन र समीक्षा गरिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया