प्रताप दासले ल्याए नयाँ गीत (भिडियो)

काठमाडौं । पहिलो सिजनको नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासले गाएको नयाँ गीत सार्वजनिक भएको छ ।

‘अलिअलि’ बोलको गीतमा मनोज सुनुवारको शब्द तथा संगीत रहेको छ । गीतलाई सञ्जिव बराइलीले एरेन्ज गरेको हुन् ।

यस्तै भिडियोमा अञ्जली र दिल कमलको अभिनय छ भने जस्मिन मगरको कोरियोग्राफी छ । गीतमा अभेष बज्राचार्यले क्यामेरा खिचेका छन् भने अमित सुनुवारले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?