युरो कप २०२४ : टर्कीलाई पछि पार्दै जर्मनीले पायो आयोजनाको जिम्मा

एजेन्सी । जर्मनीले सन् २०२४ मा आयोजना हुने युरो कप फुटबलको जिम्मेवारी पाएको छ । 

युरोपियन फुटबल महासंघको कार्यसमितीले गरेको मतको आधारमा जर्मनीलाई युरो कप फुटबल आयोजना गर्ने जिम्मेवारी दिएको हो । युरो कप आयोजना गर्ने होडमा रहेको टर्कीलाई हराउँदै जर्मनीले सो अवसर प्राप्त गरेको हो ।

सन् १९८८ मा वेस्ट जर्मनीले पहिलो पटक युरो कपको आयोजना गरेको थियो । त्यसयता एकिकृत भएपछि भने जर्मनीले पहिलो पटक युरो कपको आयोजना गर्न लागेको हो । 

यो प्रतितियोगितामा २४ टिमको सहभागिता रहनेछ । एक महिनासम्म चल्ने  प्रतियोगितामा ५१ खेल सञ्चालन हुनेछन । युरो कप जुनदेखि जुलाईसम्म हुनेछ ।

युरो कपको खेलहरु जर्मनीको विभिन्न नौ शहरमा हुनेछ । जसमा कोलोग्न, डर्टमुन्ड, डुसेल्डर्फ, फ्रान्कफर्ट, जेल्सेनर्केचेन, हामबर्ग, लेइपजिङ, म्युनिख र स्टुर्टगार्ट रहेका छन । फाइनल खेल भने बर्लिन ओलम्पिक स्टेडियममा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?