सेनजेन ओपन टेनिसमा मुर्रेको उत्कृष्ट पुनरागमन, गोफिनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । बेलायती एन्डी मुर्रे चीनमा जारी सेनजेन ओपन टेनिस च्याम्पियनसीपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीवार राति सम्पन्न भएको पुरुष एकलतर्फको प्रि-क्वाटरफाइनल खेलमा बेलायती मुर्रेले बेल्जियमका शिर्ष वरियताका डेभिड गोफिनलाई दुई-शुन्यको सोझो सेटमा पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरेका हुन् । 

हिपको सफल सल्यक्रियापछि मुर्रेले सेनजेन ओपन टेनिसमा उत्कृष्ठ पुनरागमन गरेका हुन् । विश्व वरियतामा ११ औँ स्थानमा रहेको गोफिनलाई मुर्रेले खेलको पहिलो सेटमा ६-३ र दोस्रो सेटमा ६-४ ले पराजित गरे । 

अब सेमिफाइनल प्रवेशका लागि मुर्रेले विश्व नम्बर ५ स्पेनी फर्नान्डो भडास्कोको सामना गर्नेछन् । गत अगस्टमा भएको युएस ओपन टेनिस च्याम्पियनसीपको दोस्रो चरणको खेलमा मुर्रे भडास्कोसँग पराजित भएका थिए । 

त्यसैले मुर्रे हारको बदला लिने दाउमा रहेका छन् । तीन पटकका ग्राण्डस्लाम विजेता मुर्रेले खेलेको यो छैँटो च्याम्पियनसीप हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?