अवैधानिक संरचनामा काठमाडौं महानगरको ‘बुल डोजर’ (तस्बिरसहित)

लोकपथ
392
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानमा बनाइएका अवैधानिक संरचना भत्काउन सुरु गरेको छ ।

महानगरपालिकाले अभियानकै रुपमा अवैधानिक संरचना हटाउन सुरु गरेको हो । विशेषतः सपिङ मल तथा अन्य ठूला सार्वजनिक भौतिक संरचनामा अवैधानिक रुपमा टहरा तथा सटर बनाइ व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई महानगरले हटाउन लागेको हो ।

सोमबर र मंगलबार नयाँ बानेश्वरका विभिन्न स्थानमा बनाइएका संरचनाहरुमा महानगरले डोजर चलाएको थियो । सपिङ मल तथा कम्ल्पेक्समा अवैधानिक संरचना बनाइएको र पार्किङ समेत नराखेपछि महानगरले त्यसलाई हटाउन ३५ दिने अल्टिमेटम दिएको थियो । तर त्यस्ता संरचनाहरु नहटाइएपछि महानगर आक्रामक रुपमा लागेको हो ।

बुधबार मात्र काठमाडौं महानगरले सुन्धरास्थित काठमाडौं मलअघि बनाइएका अवैध संरचनामा डोजर चलाएको हो । त्यस्तै आजै खिचापोखरी स्थित आरबी कम्प्लेक्समा समेत महानगरले बनाइएका अवैध संरचना हटाएको छ । यता दरबारमार्गस्थित लण्डन पब रहेको भवनमा समेत महानगरले अनुगमन गरेको छ । भने अन्य स्थानमा बनाइएका अवैध संरचनाहरु हटाउने तयारीमा महानगर रहेको छ ।

तस्बीर : अभिषेक लम्साल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?