फ्रेन्ड्स क्लबलाई इन्भेष्टमेन्ट बैंकको साथ

काठमाडौं । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ। 

शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अंकित जर्सी लगाउनेछ । 

क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिए ।

दुबै सम्भौता ‘ए’ डिभिजन लिगको अवधिभरका लागि कायम हुनेछ । यसअघि समेत बैंकले क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गर्दै आएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?