बेष्ट फाइनान्सले ल्यायो नयाँ बचत योजना

लोकपथ
119
Shares

काठमाडौं । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । बचत डबल गर्ने की तेब्बर भन्ने शिर्षकमा कम्पनीले नयाँ योजना ल्याएको हो ।

ग्राहकको रकमलाई संरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचततर्फ पाँच वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै, नौं वर्ष पाँच महिनामाजम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ ।

फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने पाँच वर्ष सात महिनामा डबल र आठ वर्ष १० महिनामा तेब्बर हुने बताएको छ । विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवा निःशुल्क पाउने फाइनान्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?