वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी–३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गर्दा बिष्टको ज्यान गएको हो ।
हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमा बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया