काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले यो योजना हिजो (बुधबार) देखि सीमित अवधिका लागि नेपालभरी पाउने बताइएको छ । ग्राहकहरुले टेलिभिजनको खरिदमा ४० हजार चार सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा १४ हजार सात सय रुपैयाँको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, एक थान टीभी स्टिक उपहार पनि पाउने त्यस्तै, वाशिङ मेसिन खरिदमा १९ हजार तीन सय रुपैयाँसम्मको छुटका साथै ६ केजीको सर्फ एक्सेल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन् ।
रेफ्रिजेरेटरको खरिदमा पनि ३५ हजार सात सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । त्यसैगरी एअर कन्डिसनरको खरिदमा ३४ हजार चार सय रुपैयाँसम्मको छुटको साथै, चार हजार रुपैयाँ बराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन् । वाटर डिस्पेन्सरको खरिदमा चार हजार तीन सय रुपैयाँसम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा १४ हजार सात सय रुपैयाँ र साउन्ड बारको खरिदमा ६ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।
नेपालभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ । सीजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रबिभवन, किर्तिपुर, हातिगौंडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया