काठमाडौं । देशका विभिन्न स्थानमा बालुवा बेचेर परिवार पाल्ने गरेको कथा हामीले सुन्दै र देख्दै आएका छौँ ।
त्यो मध्ये मुगुको छाँयानाथ रारा नगरपालिकाका विपन्न परिवारले बालुवा बिक्रीलाई आफ्नो रोजिरोटी बनाएका छन् ।
मुगुको छाँयानाथ रारा नगरपालिकाका विपन्न परिवारका अभिभावकले जीविकोपार्जन र सन्तानको पठनपाठनका लागि बालुवा बेच्ने गरेका छन् ।
उनीहरूले एक ट्याक्टर बालुबा बिक्री गरेबापत ५ हजारदेखि १५ हजारसम्म लिने गरेका छन् ।
सो कमाइबाट आफूहरुले घर चलाउनेदेखि बालबच्चाको लागि खर्च गर्नेसम्म गर्ने गरेको उनीहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया