काठमाडाैं । केन्यासँग भएकाे टी–ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएकाे छ । केन्याविरुद्धको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।
केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेकाे हाे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३१, आरिफ शेखले अविजित २१, ज्ञानेन्द्र मल्लले १९, आसिफ शेखले १९, रोहित पौडेलले १५ रन र आदिल आलम २ रन बनाउँदै अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएकाे थियो । केन्याका लागि इर्फान करिमले ३४, लुकास ओउचले ३०, नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन बनाएका थिए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । त्यस्तै आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
पाँच खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल भदौ १० गते हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया