काठमाडाैं : लामो समयसम्म वियरिस ट्रेन्डमा रहेको नेपालको पूँजीबजार कारोबारमा यो साता केही उत्साह देखिएको छ ।
नेपाल स्टक एक्स्चेञ्च (नेप्से) मा एक हप्तामै ३ अर्ब ३० करोड ८१ लाख ५६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो कारोबारले नेप्से परिसूचकमा १२.११ अंकले सुधार समेत ल्यार्इदिएको छ ।
गत साताभन्दा यो साता नेप्सेमा कारोबार रकम समेत २६.०२% ले बढेको देखिएको छ। अार्इतबारदेखि हिजो शुक्रबारसम्ममाा १८९ कम्पनीका १ करोड ६७ लाख ७२ हजार २ सय ४० कित्ता शेयर ३२ हजार ६ सय २ पटक किनबेच भएको छ ।
यो साता होटल समूहतर्फको शेयर सूचकांक ३३ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको शेयरमा ८९.२७ अंकको गिरावट अाएको छ । होटल र्इन्डेक्सको कारोबार सबैभन्दा बढी ३३.२९ अंकले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया