काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा अगस्ट २८ देखि ३१ तारिखसम्म हुन लागेको (एमडीआरटी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागि हुन नेपालका तर्फबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रुपन्देहीका चन्द्रकान्त पन्थी आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
उक्त कन्फ्रेन्समा विश्वभरका देशहरुबाट एमडीआरटीको मापदण्ड अनुरुप टार्गेट पूरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुनेछ । समारोहमा भाग लिन उत्साहित भएका पन्थीले आफू त्यहाँ पुगेर देशको झण्डा फहराउने अवसर प्रप्त भएको तथा नयाँ ज्ञान सिकेर अझै आफू सक्षम र दक्ष हुने कुरामा विश्वस्त रहेको बताए ।
बिगत ४ वर्षदेखि बीमा क्षेत्रमा अभिकर्ताका रुपमा काम थालेका पन्थीले आफ्नो व्यावसाय सँगसँगै बीमा क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै छोटो समयमै एमडीआरटी बन्न सफल भएको कम्पनीले जनाएको छ । समारोहमा विश्वभरबाट करिब ७० देशका ५ सयभन्दा बढी कम्पनीका प्रतिनिधिहरु सहभागि हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया