एजेन्सी । शुक्रबार इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परेर मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
तटीय क्षेत्रमा ७ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पपछि आएको सुनामीका कारण ३० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सुनामीका कारण त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।
स्थानीय प्रशासनले सुनामीको खतराको संकेत गरेको केही समयमा सुलावेसी टापुमा २ मिटर अग्ला सामुन्द्रिक छालसहितको सुनामी आएको हो ।
सुनामीका कारण तटीय क्षेत्रका अधिकांश संरचनाहरु भत्किएका छन् ।
इन्डोनेशियामा गत महिनामात्रै लोमबोक टापुमा आएको भूकम्पका कारण पाँच सय भन्दा बढिको मृत्यु भएको थियो ।
भूकम्पपछि आएको सुनामीका कारण बाटोहरु र एरर्पोटहरु अस्तव्यस्त भएको भएपनि उद्धारकार्य भने जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया