(ने.क.पा.) निकट संगठनको र्इच्छाअनुसार ४ हजार कर्मचारी सरूवा गर्दै अर्थमन्त्री

काठमाडाैं : पार्टीको चुनावी घोषणाविपरित चालु अार्थिक बर्षको बजेटमा बृद्धभत्ताको विषय नसमेटेपछि अालोचित अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालय र मातहतका ४ हजार भन्दा बढी कर्मचारीको सरूवा गर्न लागेका छन् । 

अर्थ मन्त्रालयमा हाल राजस्व समूहअन्तर्गत ३ हजार र लेखा समूहमा ५ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् । सरकारले मन्त्रालयका ४ हजार अर्थात करिब ५०% कर्मचारीलार्इ सरूवा गर्न लागेको हो । 

कर्मचारी सरूवाका लागि अर्थमन्त्री खतिवडाले सत्ताधारी (ने.क.पा.) निकट कर्मचारीहरूसँग सहमति समेत लिर्इसकेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । सल्लाह नगरि कर्मचारी सरूवा गर्दा तत्कालिन एमाले र माअोवादी निकट ट्रेड युनियनले विरोध गर्न सक्ने भएकाले अर्थमन्त्रीले यी संगठनका नेताहरूकै सहमतिमा सरूवा हुने कर्मचारीको नामावली समेत तयार गरिसकेका छन् । 

सरूवामा पर्ने कर्मचारीको नामावली अर्थमन्त्री खतिवडाले अर्थ सचिव राजन खनाल, राजस्व सिचव शिशिरकुमार ढुंगाना र महालेखा नियन्त्रक सुरेश प्रधानलार्इ समेत उपलब्ध गरार्इसकेका छन् । असोज १५ गतेभित्रै अर्थका करिब ४ हजार कर्मचारी सरूवामा पर्दैछन् । 

''अर्थमन्त्री र उनी निकटकाले नरूचाएका र कमार्इ हुने मालदार अड्डामा सरूवा हुन खोजेकाहरूलार्इ उनीहरूकै अनूकुल हुने गरि सरूवा गर्न लागिएको हो,'' मन्त्रालयका एक उच्चपदस्थ कर्मचारीले भने ''सरूवा हुनेको नामावली गत बुधबार नै सम्बन्धित अधिकारी र निकायमा पठार्इ सकिएको छ ।'' कुन कर्मचारीलार्इ कहाँ पठाउने भन्ने निर्णय समेत भर्इसकेको अर्थका अधिकारीहरूले बताएका छन् । 

अर्थमन्त्रीले पार्टी निकट कर्मचारी संगठनको र्इच्छामा एकैपटक हजाराैँ कर्मचारी सरूवा गर्न लागेपछि अर्थका सहसचिवहरू भने असन्तुष्ट देखिएका छन् । विशेषगरि कांग्रेस निकट कर्मचारीहरू सरूवाको तारोमा परेको उनीहरूको बुझार्इ छ । मन्त्री र कर्मचारी युनियनका नेता बसेर कर्मचारी सरूवाको फार्इल तयार गरेको उनीहरूको अारोप छ । 

जथाभावी सरूवा गर्दा मुलुकको प्रशासन संयन्त्रमा सुधारको काम रोकिने जनाउँदै कर्मचारीहरूले बिरोध गरिरहँदा सरकारका काम प्रभावकारी बनाउनका लागि सरूवा गर्न लागिएको खतिवडा निकट कर्मचारीका एक नेताको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?