काठमाडौं । केन्याविरुद्धको टी-२० शृंखलाअन्तर्गत दोस्रो टी-२० खेलमा नेपाल पराजित भएकाे छ ।
घरेलु टिम केन्याले नेपालसामु दिएकाे एक सय ३३ रनको लक्ष्य पछ्याएकाे नेपाल २०आैं आेभरमा अलआउट भयाे । नेपालले ११४ रन मात्र बनाउन सक्याे ।
नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङ गरेकाे केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३२ रन बनाएकाे थियाे ।
नेपालकाे लागि आरीफ शेखले सर्वाधिक २५ रन बनाए भने राेहित पाैडेल र आदिल अन्सारीले समान २०/२० रन बनाए ।
केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसबाहेक, नेहेमिह ओधिएम्बोले २९, इर्फान करिमले २२ र सचिन भुडियाले १४ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए । यसबाहेक, करण केसीले दुई र पवन सर्राफले एक विकेट लिए ।
नेपालले केन्यासँग पाँच खेलको टी-२० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो ।
याेसँगै पाँच खेलको टी-२० शृंखला समान एक-एक खेल जित्दै बराबर भएकाे छ ।
नेपाल र केन्याबीचको टी-२० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया