औंशीका दिन उदाएर औंशीमै अस्ताएका युवाकवि मोतिराम भट्ट

लोकपथ
119
Shares

काठमाठौं । नेपाली साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको १ सय ५६ औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रम गरि मनाईदैछ । भट्टको जन्म वि.सं. १९२३ भाद्र कृष्णऔँसी अर्थात् (कुशेऔँसी)का दिन भएको थियो भने मृत्यु पनि तिस वर्षको उमेरमा वि.सं. १९५३ भाद्र कृष्णऔँसी अर्थात् (कुशेऔँसी)कै दिन भएको थियो ।

राणा कालिन परिभेषमा पनि युवा कविको उपाधि पाएका भट्टले साहित्य जगतमा मात्र नभई नेपालमा छापाखाना भित्राउन पनि महत्वपूर्ण योगदान दिएका थिए । उनले आदिकवि भानुभक्त आचार्यले रचना गरेको रामायण वि.सं. १९४१ मा छापेर सार्वजनिक गरेका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

नेपाली साहित्यलाई चिनाउन भारतको वनारसमा हुँदा मोती मण्डली गठन गरेका उनले शृङ्गारिक धारामा कलम चलाउने गदर्थे । यसका अलवा कवि भट्टले आदिकवि भानुभक्तलाई पच्छ्याउँदै आएको पनि इतिहासमा उल्लेख छ । उनले भक्ती धारामा आधारीत रहेर पनि कलम चलाएको पाईन्छ । जस्तै : ‘जता हेर्‍योत्यतै मेरो नजर्मा राम प्यारा छन्’ । ‘उता हेर्‍यो उतै मेरो नजरमा राम प्यारा हुन्’ ।

भट्ट नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा हुन् । कविताको माध्यमिककालको सुरुवात कर्ता नै उनलाई मान्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?