साफ खेल्ने महिला टोली घोषणा, रेखाको पुनरागमन

लोकपथ
77
Shares

काठमाडौं । रेखा पौडेललाई पुनरागमन गराउदै भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

टिमका मुख्य प्रशिक्षक कुमार थापाले घरेलु मैदानमा हुने प्रतियोगिताको लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । जसमा रेखाले पुनरामगन गर्दा तीन खेलाडी पहिलो पटक टोलीमा स्थान बनाएका छन् । समिक्षा घिमिरे, देपा शाही र अमिसा कार्की पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

प्रतियोगिताका लागि समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यस्तै, साविक विजेता भारतसँगै बंगलादेश र पाकिस्तान समूह ‘ए’ मा छन् ।

भदौ २१ गतेदेखि हुने प्रतियोगिताको पहिलो दिन नेपालले भुटानसंग खेल्नेछ । यस्तै, २७ गते नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ ।

नेपाली टिम : 

गोलकिपर : एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ
रक्षक :  हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक
मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रीती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड :  अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?