शिवजी सर्वगुणसम्पन्न हुने धार्मिक विस्वास छ र सत्व, रज अनि तम सबै गुणमाथि उनको पूर्ण अधिकार छ ।
शिवजीको शिरमा चन्द्र रहेकाले उनलाई शशिशेखर भनिन्छ र उनलाई चन्द्रमाप्रति विशेष लगाव छ । चन्द्रमा सोमवारको अधिपति भएकाले शिवजीलाई सोमवार प्रिय लाग्छ ।
सोमवारको दिन उपवास बस्दा आशुतोष भगवान् शिवको कृपा प्राप्त हुन्छ । व्रत बसेर शिवजीको पूजन गर्नुहोस् र पूजा गर्दा शिवलिंगमा जल र दूधको धाराले अभिषेक गर्नुहोस् । नभाँचिएको बेलपत्र चढाउन नबिर्सनुहोस् । यसो गर्दा शुभ फल प्राप्त हुन्छ ।
ऊँ नमः शिवाय पञ्चाक्षरी मन्त्र पाठ गरी शिव उपासना गर्दा पनि उनी प्रसन्न हुने धार्मिक विस्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया