काठमाडाैं : विदेशी मुद्राको सटहीदर शनिबारको तुलनामा अार्इतबार पनि स्थिर देखिएको छ ।
नेपाल राष्ट्र बैंकले अाजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर ११५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ११६ रूपैयाँ २८ पैसा तोकिएको छ ।
युरो १ को खरिददर १३५ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३६ रूपैयाँ १२ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५१ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५२ रूपैयाँ ६६ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रिदर २८ रुपैयाँ ९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३८१ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३८३ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०६ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३०८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया