काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले ४ ओभर २ बलमा सन्दिप लामिछानेको हातबाट क्याच गराउदै विकेट लिएका छन् ।
सुकदिप सिंह ८ रन जोड्दै आउट भएका छन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया