म्याग्दी खोला जलविधुतको ५७.३ मेगावाट बिजुली प्राधिकरणले किन्ने

काठमाडाैं : म्याग्दी खोला जलविधुत अायोजनाबाट उत्पादन हुने ५७.३ मेगावाट बिजुली नेपाल विधुत प्राधिकरण (एनर्इए) ले किन्ने भएको छ । 

विकासकर्ता हार्इड्रो भिलेज प्रार्इभेट लिमिटेड र प्राधिकरणबीच विधुत खरिद सम्झाैता (पीपीए) मा हस्ताक्षर भएको हो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र म्याग्दी खोला हार्इड्रोपावरका अध्यक्ष रामेश्वर थापाबीच भएको सम्झाैताअनुसार प्राधिकरणले बर्खायाममा ४ रूपैयाँ ८० पैसा र हिउँदयाममा ८ रूपैयाँ ४० पैसामा सो अायोजनाबाट उत्पादित बिजुली किन्नेछ ।

१० अर्ब रूपैयाँ लागतमा म्याग्दीमा बन्न लागेको सो अायोजनाबाट सन् २०२३ भित्र विधुत उत्पादन गर्ने लक्ष्य छ । अायोजना निर्माण गर्नका लागि ७०% रकम बैंक ऋणमार्फत र बाँकी ३०% रकम प्रत्यक्ष बैदेशिक लगानी (एफडीअार्इ) बाट जुटाउने कम्पनीले जानकारी दिएको छ । 

हाल अायोजनास्थल जोड्नका लागि २४ किलोमिटर लामो पहुँच मार्ग निर्माणको काम अघि बढाउन लागिएको र अायोजनाको काम शुरू गरेको ३ बर्षभित्रै विधुत उत्पादन गरिसक्ने दाबी कम्पनीले गरेको छ । 

यो अायोजनाबाट बर्खायाममा २३२.८८ गिगावाट र हिउँदयाममा १०३.११ गिगावाट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । नदीको प्रवाहमा अाधारित यो अायोजनाबाट उत्पादित बिजुली कालीगण्डकी कोरिडोरको १२३ केभीए सबस्टेशनमा जोडिने अध्यक्ष थापाले जानकारी दिए । 

यो अायोजनाका अध्यक्ष थापा सिम्रिक एअरका अध्यक्ष र मिडिया उद्यमी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?