भूकम्पका कारण भत्किएकामध्ये हालसम्म २ लाख ९६ हजार घर पुनर्निमाण सम्पन्न

काठमाडाैं : वि.सं. २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भयानक धक्का दिएको भूकम्पका कारण भत्किएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये हालसम्म २ लाख ९६ हजार ५ सय १४ घर पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । 

भूकम्पका कारण अति प्रभावित जिल्लाहरूमा निर्माण सम्पन्न भएका घरहरूको तथ्यांक सार्वजनिक गर्दै प्राधिकरणले अन्य जिल्लाका समेत गरि साढे ३ लाख घर पुनर्निमार्ण भएको अांकलन गरेको छ । 

भूकम्पबाट प्रभावितमध्ये ७ लाख २३ हजार ७ सय २८ लाभग्राहीसँग अनुदान सम्झाैता सम्पन्न भएको र त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीलार्इ अावास पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम उपलब्ध गरार्इएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार हालसम्म ५ लाख ३ हजार ३६ जनाले दोस्रो किस्ता र २ लाख ६६ हजार ९ सय ५ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् । हालसम्म निजी अावास निर्माणका लागि १ खर्ब ४८ अर्ब रूपैयाँ अनुदान वितरण भर्इसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

पुनर्निर्माणका लागि सरकारले चालु अार्थिक बर्षको बजेटमा ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रूपैयाँ विनियोजन गरेको छ । विनियोजितमध्ये हालसम्म करिब १० अर्ब रूपैयाँ अनुदान वितरण भर्इसकेको छ । 

अाफुलार्इ लाभग्राहीको सूचीमा नपारेको जनाउँदै भूकम्पप्रभावित जिल्लाक लाखाैं नागरिकले असन्तुष्टि जनाएपछि प्राधिकरणले पुन: जाँच सर्भे गरि ४२ हजार ४ सय २२ घरधुरीलार्इ लाभग्राही सूचीमा थपेको छ। 

विभिन्न जिल्लामा हालसम्म पुनर्निर्माण सम्पन्न भएका घरधुरी

जिल्ला पुनर्निर्माण भएक अावास संख्या
सिन्धुपाल्चोक ४९,५४०
दोलखा ४४,४६१
गोरखा ३६४९०
धादिङ ३५६६१
नुवाकोट २८१५०
रामेछाप २३७३४
काभ्रेपलाञ्चोक २०७५२
सिन्धुली ११११०
ओखलढुङ्गा १०७८७
ललितपुर ३४५५
भक्तपुर ५५३०
काठमाडौं ७४३८
रसुवा ८५९१
मकवानपुर ८३४६
खोटाङ ११९१
सोलुखुम्बु ४३०
स्याङ्जा ५२०
गुल्मी ३१५
अर्घाखाँची १६
लमजुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?