केन्याविरुद्धकाे तेस्राे खेलमा नेपालकाे जित, ५ खेलकाे श्रृंखलामा नेपालले लियाे २-१ काे अग्रता

लोकपथ
56
Shares

काठमाडौं । केन्याविरुद्धकाे तेस्रो टी-२० खेलमा नेपाल ४ विकेटले विजयी भएकाे छ ।

सुरुमा ब्याटिङ गरेकाे केन्याले दिएको १५६ रन बनाउँदै नपाललाई १५७ रनको लक्ष्य दिएकाे थियाे । जबाफि ब्याटिङमा उत्रीएकाे नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष पूरा गर्याे ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए भने अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन बनाए ।

केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २-२ विकेट लिए ।

सुरुवाती ब्याटिङ गरेकाे केन्याकाे लागि राकेप पटेल र इर्फान करिमले अर्धशतक बनाएकाे थियाे । नेपालका लागि सोमपाल कामी र बदिल आलमले एक-एक विकेट लिए ।

जितसँगै पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । श्रृंखलाकाे चौथो खेल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?