मूल्य बढ्दा यसरी किन्नुहोस् शेयर !

काठमाडाैं : लगातार घटिरहेको शेयर बजारको कारोबारले पछिल्लो एक महिनामा सय अंक पार गरेको छ। बैंक, वित्तीय संस्था एवं अन्य समूहका कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम बढेपछि अब शेयरबजारले गति लिन थालेको छ। 

शेयरको मूल्य घटिरहेका बेला पूँजीबजारबाट शेयर उठाउन लगानीकर्तालार्इ जति सहज हुन्छ, बढेका बेला उत्ति नै ध्यान पु-याउनुपर्छ। शेयर किन्दा शुरूमै बजार विश्लेषण गरिएन भने लगानीको प्रतिफल त हाल नलाग्ने हुन्छ नै, साथै कतिपय कम्पनीमा गरेको लगानी समेत डुब्न सक्छ ।

उसो भए, पूँजीबजारमा शेयर बढ्ने अर्थात 'बुलिस ट्रेन्ड' हाबी भएका बेला शेयर कसरी किन्ने त ? नेप्सेमा दैनिक अाैषतमा २० करोड रूपैयाँको शेयर कारोबार भर्इरहेका बेला शेयर किन्दा तपार्इँले बजारको अंक होर्इन, कम्पनी विश्लेषण गर्नुपर्छ । 

बजार बुलिस ट्रेन्डमा रहँदा शेयर किन्ने केही टिप्स : 

१. कति अंकको कारोबार भयो भन्नेतिर ध्यान नदिनुस्, पुरापुर बजार विश्लेषण गर्न तपार्इँसँग समय नहुन सक्छ । बरू अाफुले शेयर किनेको वा किन्न खोजेको कम्पनीको अवस्था र शेयर मुल्यमा भएको उतारचढाव विश्लेषण गर्नुस । 

२. कतिपय राम्रा कम्पनीको पनि शेयर मूल्य बढिरहेको छैन । यी कम्पनीले लगानीकर्तालार्इ दिने प्रतिफल घोषणा गर्न बाँकी नै रहेको बेला शेयर मूल्य बढिरहेको हुँदैन । राम्रा कम्पनी, जसले भविष्यमा अाफ्ना लगानीकर्तालार्इ उचित प्रतिफल दिन सक्छ, त्यस्तो कम्पनीको शेयर खरिद गर्नुहोस । 

३. एउटै कम्पनीको शेयर किन्ने जोखिम नउठाउनुहोस । कम्पनीले खराब काम गरेमा वा समस्यामा परेमा एकै झट्कामा तपार्इँको लगानी डुब्छ । तपार्इँसँग पर्याप्त रकम छ भने कम्तिमा १० वटा कम्पनीमा थोरै-थोरै रकम लगानी गर्नुहोस, ताकि कुनै एक कम्पनी डुबेपनि अरू कम्पनीबाट हुने नाफाले तपार्इँको घाटा पूर्ति गर्न सक्छ । 

४. अरूसँग सुझाव लिनुहोस्, तर अरूले भन्नासाथ लगानी नगर्नुहोस । फेरि पनि, अरूले सुझाएको कम्पनी राम्रो हो या होर्इन भन्नेबारे पर्याप्त जानकारी लिनुहोस । 

५. कम्पनी छान्ने सबैभन्दा राम्रो उपाय भनेको बितेको त्रैमासमा कम्पनीहरूको अवस्था र त्यसमा हुनसक्ने परिवर्तनको अांकलन र विश्लेषण गर्नु हो । 

६. तपार्इँले शेयर किन्नुभएको कम्पनीको शेयर बेच्दा तपार्इँलार्इ नाफा हुने भएमा बेचिहाल्नुहोस । तर, थप शेयर मूल्य बढ्ने अवस्थामा केही समय कुर्नुहोस् । शेयर बेचेर प्राप्त रकम शेयर किन्न अाफुले लिएको ऋण तिर्न उपयोग गर्नुहोस । 

७. कुनै कम्पनीको शेयर मूल्य अाकासिएको छ र तपार्इँले लाभांश लिर्इसक्नुभएको छ अाफुले लगानी गरेको मूल्य बराबरको शेयर बेच्नुहोस । शेयर बजारमा लगानी गर्नेले जहिल्यै पनि जिरो र्इन्भेस्टभेन्ट अर्थात अाफ्नो लगानी उठ्ने शेयर बेचेर लाभांश बापत प्राप्त शेयर मात्र राख्दा फार्इदा हुन्छ । बेच्न बाँकी शेयर मूल्य घटेपनि वा कम्पनी नै डुबेपनि तपार्इँको साँवा डुब्दैन । 

८. मूल्य घट्नासाथ शेयर बेच्न नहतारिनुहोस । यदी कम्पनीले बदमासी गरेको छैन भने तपार्इँको शेयरको मूल्य केही समयमै फेरि उकालो लाग्न थाल्छ । मूल्य यथावत रहेपनि तपार्इँलार्इ कम्पनीले दिने लाभांशबाट फार्इदा पुग्छ । 

९. शेयरमा लगानी गरेपछि बेलाबेलामा अाफुले शेयर लगानी गरेको कम्पनीको सूचना र समाचार पढिरहनुहोस ।

तपार्इँ शेयर बजारमा नयाँ लगानीकर्ता हुनुहुन्छ र अाफ्नो लगानी नडुबोस भन्ने चाहनुहुन्छ भने कम्तिमा यी अाधारभूत कुराहरूमा तपार्इँले ध्यान दिन सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?