विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर अब काठमाडौंमा पनि

लोकपथ
56
Shares

काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको हो ।

इओ चार्जिङ ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले इभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । इओ बेलायतको मुख्यालयमा सन् २०१४ मा स्थापना गरिएको थियो ।

ईओ को टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र एमोजन, डिएचएल र टेस्को जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दाबढी देशहरूमा वितरण भएको छ । यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा इओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार वटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो ।

ईओमा हामी प्रविधिभन्दा अघि मानिस हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । विद्युतीय सवारी साधन चार्ज गर्न कहिलेकाहीँ जटिल हुनसक्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । त्यसैले हामी हाम्रा पार्टनर तथा ग्राहकहरुको सेवामा समर्पित छौं । हामी इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिशनमा छौं । हामी नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छौं जसले व्यवसाय र व्यक्तिहरूलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ ।

इओ मिनीमा इन्ट्रगल ट एमए डिसीको सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ । यसलाई बिनाकुनै टाइप बि आरसिडी नियन्त्रण गर्न सकिन्छ । इओ मिनी अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र ७ दशमलव २ किलोवाटसम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीका साथ आउँछ र यसको मूल्य ८५ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?