झापा । सामाजिक सञ्जाल फेसबुकमा मेयर र उपमेयर हराएको भन्दै पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडले आज (आइतवार) नियन्त्रणमा लिएको हो । उनले विर्तामोडका मेयर तथा उपमेयर हराएको भन्दै फेसबुकमा लेखेको प्रहरीको भनाई छ ।
घरबाटै नियन्त्रणमा लिईएका बिमलीलाई आवश्यक कारबाही गर्ने भन्दै थुनामा राखिएको छ ।
बिमलीले शनिवार राती मेयर पबित्रा महतारा र उपमेयर नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर मेयर उपमेयर हराएको भन्दै फेसबुकमा सूचना पोष्ट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया