काठमाडाैं : सर्वसाधारण नागरिकसम्म पूँजीबजारको पहुँच पु-याउन नेपाल धितोपत्र बोर्डले भोली सोमबारदेखि एक सातासम्म लगानीकर्ता सप्ताह अायोजना गर्ने भएको छ ।
बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीका अनुसार यो सप्ताह अवधिमा पूँजीबजारसम्बन्धी साक्षरता, लगानीकर्ता सचेतना अभिवृद्धि र लगानीकर्ताको शसक्तिकरण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा असोज १५ देखि २१ गतेसम्म नेपालमा पनि यो सप्ताह अायोजना गर्न लागिएको हो ।
बोर्डले नेपालको पूँजीबजारलार्इ संघीयतअनुकूल विस्तार गर्न र देशव्यापी बनाउन सप्ताहबाट सहयोग पुग्ने दाबी गरेको छ । यही सप्ताहका अवसरमा बोर्डले 'एक नेपाली एक डिम्याट खाता' समेत शुभारम्भ गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया