काठमाडौँ । लाकुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा करीव ६० लाख रुपिँया आम्दानी गरेको छ । शेयर पुँजी दुईकरोड ८३ लाख ३० हजार र निक्षेप मौज्दात एक करोड ५९ लाख ७४ हजार रहेको छ ।
सो सहकारीको आठौं वार्षिक साधारणसभाको अवसरमा सहकारीका अध्यक्ष कुमारबाबु श्रेष्ठले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उक्त जानकारी दिएका हुन । सहकारीमा जम्मा दुईसय ८६ जना शेयर सदस्यहरु रहेका छन् ।
सहकारीको कुल लगानी चारकरोड ८९ लाख ३० हजार भन्दा बढी रहेको छ । कार्यक्रममा सहकारीका संस्थापक संरक्षक खिलप्रसाद सुवेदीले ‘समान दायित्व, जिम्मेवारी र समान अवसर’ भन्ने सोचका साथ आठवर्षअघि सहकारीको स्थापना गरिएको स्मरण गराए ।
त्यस्तैं, सहकारीका सल्लाहकार एवं युवापर्यटन ब्यवसायी नवराज अम्गाईले लाकुरी बचत ऋण सहकारीलाई देशकै नमूना सहकारीका रुपमा विकास गरी स्वदेशमै केही आयआर्जनका ब्यवसाय गर्न सक्ने सीप र क्षमता भएका युवाहरुलाई प्रोत्साहन गर्नु पर्ने बताए ।
उनले सहकारीको सञ्चालन तथा ब्यवस्थापन पारिवारिक वातावरणबाट नभइ दक्ष, क्षमतावान ब्यक्तिको नियुक्तीबाट गरिनु पर्ने आवश्यकता आंैल्याए । सहकारी संस्थालाई सर्वसाधारणको आर्थिक सहयोगी बनाउन रचनात्क कार्यक्रम सञ्चालन गर्न सल्लाह दिए ।
सो अवसरमा सहकारीले गोरखा जिल्लाको सहिद लखन गाँउपालिकाको बुङकोट स्थायी घरभइ हाल विभिन्न क्षेत्रमा ख्याती तथा प्रतिष्ठा कमाएका ब्यक्तित्वहरु, समाजसेवी र जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन गरेको थियो ।
सहकारीका कोषाध्यक्ष मनिराम अधिकारीले सहकारीको आर्थिक प्रतिवेदन, काठमाडौं महानगरपालिका वडा नम्वर–२६ का वडाध्यक्ष मुकुन्द रिजाल, सहकारीका सदस्य कविता ढकाल लगायतले सहकारीले सर्वसाधारणको जीवनमा ल्याएको आर्थिक परिवर्तनका विषयमा चर्चा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया