कंगनाका हेयर स्टाइलिस्ट बलात्कारको आरोपमा पक्राउ

मुम्बई । बलिउड कलाकार कंगना रनावतका हेयर स्टाइलिस ब्रेडन एलिस्टर डी गीलाई प्रहरीले पक्राउ गरेको छ । ४२ वर्षीय ब्रेडनलाई १६ वर्षीय किशोरीको बलात्कार गरेको आरोप लागेको हो ।

आफूलाई बलात्कार गरेको भन्दै १६ वर्षीय किशोरीले उजुरी परेपछि प्रहरीले ब्रेडनलाई पक्राउ गरेको भारतीय मिडियाले लेखेका छन् ।

रिपोर्ट्सका अनुसार ब्रेडनलाई कंगना रनावतको आउने फिल्मको सेटबाटै पक्राउ गरिएको हो । उक्त शिकायत किशोरीकी आमाले दर्ता गराएकी हुन् । डेटिङ एपमा ब्रेडनले आफूलाई १८ वर्षको भन्दै निमन्त्रणा गरेका थिए ।

उनलाई केही दिनका लागि प्रहरीले हिरासतमा लिनेछ । ब्रेडन बलिउडमा चर्चित नाम पनि हो । उनी खास दक्षिण अफ्रिकाका हुन् तर दश वर्षदेखि उनी भारतीय फिल्ममा काम गरिरहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?