एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र चेल्सीबीचको खेल बराबरीमा रोकिएको छ ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा शनिवार राति सम्पन्न भएको सातौं चरणको खेलमा चेल्सीले लिभरपुलसँग यो सिजनमा पहिलो पटक बराबरी खेलेको हो । खेलको २५ औँ मिनेटमा चेल्सीका लागि इर्डेन हर्जाडले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
प्रतिस्पर्धात्म र रोमाञ्चक बनेको खेलको ८९ औँ मिनेटमा लिभरपुलका लागि ड्यानियल स्टुरेजले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याएका थिए । बराबरीपछि १९ अंकका साथ लिभरपुल लिगको दोस्रो स्थानमा छ भने १७ अंकका साथ चेल्सी तेस्रो स्थानमा छ ।
त्यस्तै, शनिजार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड वेस्टह्यासँग ३-१ गोल अन्तरले पराजित भएको छ । वेस्टह्यामको जीतमा फिलीप एन्डरसन, अन्र्नाटोभिचले समान एक-एक गोल गरे ।
यता, खेलको ४५ औँ मिनेटमा म्यान्चेस्टर युनाइटेडका लिन्डेलोफले आत्मघाती गोल गरेका थिए । खेलको ७१ औँ मिनेटमा म्यान्युका मार्कोस रासफोर्डले एक मात्र गोल फर्काएका थिए । हारसँगै १० अंक बनाएको म्यान्चेस्टर युनाइटेड १० औँ स्थानमा छ ।
१९ अंकका साथ लिगको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले ब्रिजटोनलाई २-० गोल अन्तरले हरायो । सिटीलाई जीत दिलाउन खेलको २९ औँ मिनेटमा स्टेर्लिङले तथा ६५ औँ मिनेटमा सर्जियो अग्युरोले समान एक-एक गोल गरे ।
शनिवार राति नै भएका अन्य खेलहरुमा आर्सनलले वाट्फोडलाई २-० गोलले, इभर्टनले फुलह्यामलाई ३-० ले, टोट्नह्यामले हडर्सफिल्ड टाउनलाई २-० गोलले, लिचेस्टरले न्युक्यासललाई २-० ले तथा उल्भसले साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गर्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया