प्रियंका र आयुष्मानको जोडी ‘राधा २’ मा

काठमाडौं । सञ्चिता लुइँटेल र जीवन लुइँटेलको जोडी रहेको फिल्म ‘राधा’ ले औसत व्यापार गरेको थियो । यही नाममा २ थपेर निर्माण गरिने फिल्म ‘राधा २’ मा प्रियंका कार्कीसँगै आयुष्मान जोशी फाइनल भएका छन् ।

यसअघि नै नायिका प्रियंका कार्की यो प्रोजेक्टमा जोडिएकी थिइन् । अब फिल्ममा आयुष्मान पनि जोडिने भएका हुन् । निर्देशक योगेश घिमिरेले आयुष्मान फिल्मको कथाअनुसार फिट हुने भएकाले लिएको बताए ।

म्युजिकल लभस्टोरी भनिएको फिल्म कार्तिक ८ गतेबाट छायांकनमा जानेछ । यतिबेला प्रियंका र आयुष्मानले एकसाथ अभिनय गरेको फिल्म ‘कथा काठमाडौं’ सिनेमा घरमा प्रदर्शन भइरहेको छ ।

फिल्मको औपचारिक जानकारी भने केही समयपछि दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?