लोकपथ टप फिप्टिन हेडलाइन्समा आज दिनभरमा मुख्य १५ समाचार (भिडियाेसहित)

लोकपथ
35
Shares

१. नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले दिए जवाफ, ओली सरकारले ल्याएको अध्यादेश र नागरिकता विधेयक हुबहु रहेको प्रतिक्रिया ।

२. प्रतिनिधिसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ सर्वसम्मतले स्वीकृत, प्रतिनिधिसभाको अर्को बैठक भदौ १७ गते बस्ने ।

३. बुधबार सम्ममा सत्ता गठबन्धनभित्र सीट संख्या टुंगो लाग्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को भनाइ, आगामी भदौ २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने दाबी ।

४.सरकार संरक्षित समूहले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको नेकपा एमालेको आरोप, कांग्रेसको भातृ संगठन नेविसंघलाई यस्ता गतिविधि बन्द गर्न माग ।

५. नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, राष्ट्रपतिले पठाएको सन्देश उपर नै छलफल गर्नुपर्नेमा जोड ।

६.अधिवक्ता दिपकराज जोशीद्वारा मेयर बालेन्द्र शाहविरुद्ध अदालतमा अपहेलना मुद्दा दर्ता, मानहानी मुद्दामा बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चद्दारा आदेश ।

७. एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित भएको सहरी विकास मन्त्री मेटमणी चौधरी को दाबी, स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको आरोप ।

८. नेपालको ७० जिल्लामा फैलियो डेंगु, काठमाडौंका अस्पतालमा विमारी शैया अभाव, कुर्सीमा राखेर उपचार ।

९. रुपन्देहीमा आफ्नै बुबालाई आँगनबाट धकेलेर हत्या गर्ने २७ वर्षीय दिपक पुन पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै ।

१०. पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, २२३ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुग्यो ।

११. साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि, ३४ लाख ४० हजार ९०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड भन्दा बढीको कारोबार ।

१२. सन् २०२४ बाट चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको नासाले परिक्षणको रुपमा चन्द्रमामा रकेट प्रक्षेपण गर्दै, प्रक्षेपण गरिएको अन्तरिक्ष यान चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै, छ हप्तापछि प्रशान्त महासागरमा खस्ने ।

१३. मलेसियामा शक्तिशाली भूकम्पको झट्का, सोमबार बिहान गएको ६ दशमलब १ म्याग्निच्युडको भूकम्पले पुर्याएको भौतिक तथा मानवीय क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी ।

१४. अन्तर्राष्ट्रिय टी–ट्वान्टी वरीयतामा एक स्थान तल झर्यो नेपाल, १४औं स्थानमा रहेको नेपाल १५औं मा रहँदा भारत पहिलो र इंग्ल्याण्ड दोस्रो स्थानमा ।

१५. एफसीले एन्फालाई लगायो ७ हजार अमेरिकी डलर जरिवाना, नेपालले कुवेतमा भएको एसियन कप छनोटको क्रममा २ आचारसंहिता उलंघन गरेको आरोप ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?