तपाइँकाे शरीरमा माउसुली खस्याे ? शुभ कि अशुभ ?

काठमाडौं — कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिने विस्वास गरिन्छ । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ ।

नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस रागी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ ।

दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।

शरीरको कुन अंगमा खस्दा के फल ?
दाहिने जाँघ : सुख
देब्रे जाँघ : शारीरिक पीडा
दाहिने घुँडो : यात्रा
देब्रे घुँडो : बुद्धिनाश
दाहिने गोडो : ऐश्वर्य प्राप्ति
देब्रे गोडो : बिरामी
दाहिने पाइतालो : श्रीप्राप्ति
देब्रे पाइतालो : व्यापार हानि

टाउको : सम्पत्ति पाइने सम्भावना
कपाल : मृत्युको बेला भएको संकेत
दाहिने कान : गरगहना प्राप्ति
देब्रे कान : आयु वृद्धि
नाक : भाग्योदय
मुख : मीठो भोजन
दाहिने गाला : उमेर बढ्ने
देब्रे गाला : पुरानो साथी भेट
गर्दन : यशप्राप्ति
दाह्री : डरलाग्दो घटना
जुँगा : सम्मान प्राप्ति
आँखीभौं : धनहानि
दाहिने आँखा : कुनै मित्रसँग भेट
देब्रे आँखा : छिट्टै धनहानि
घाँटी : शत्रुनाश
दाहिने काँध : विजय प्राप्ति
देब्रे काँध : नयाँ शत्रु बन्ने
दाहिने हात : धनलाभ
देब्रे हात : सम्पत्ति नाश
दाहिने हत्केला : कपडा पाइन्छ
देब्रे हत्केला : धन नाश
दाहिने छाती : धेरै खुशी
देब्रे छाती : घरमा क्लेश
कमरको बीचमा : आर्थिक लाभ
पिठ्युँको दाहिने भाग : सुख
पिठ्युँको देब्रे भाग : रोग
पिठ्युँको बीच भाग : घरमा कलह
नाभि : मनोकामना पूर्ण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?