काठमाडाैं । सन् २०२२ बलिउडका लागि खासै सुभ रहेन। यो वर्ष रिलिज भएका धेरै ठूला बजेटका फिल्मले बक्स अफिसमा धमाकेदार व्यापार गर्न सकेनन्। आफ्नो लगानीसमेत उठाउन धेरै फिल्महरुलाई हम्य हम्य पर्यो ।
यी फिल्म फ्लप हुनुको कारण कमजोर कन्टेन्ट हुनुका साथै बाइकटका कारण पनि उनीहरुको कमाईमा नराम्रो असर परेको छ । आज हामी तपाईलाई केही यस्ता फिल्मको बारेमा बताउन गइरहेका छौँ, जसमा बाइकटको प्रभाव देखिएको छ :
गंगुबाई काठियावाडी
आलिया भट्ट अभिनित यो फिल्म यही वर्षको फेब्रुअरी २२ मा रिलिज भएको थियो । यो फिल्ममा आलियाले दमदार अभिनय गरेकी छिन् । तर, यो फिल्म चलचित्र हलमा आउनुअघि नै बहिष्कार गर्न माग गरिएको थियो । मिडिया रिपोर्टका अनुसार नातावादका कारण यो फिल्म बहिष्कार गर्ने चर्चा चलेको थियो । बक्स अफिसमा १२९.१० करोड कलेक्सन गरेको थियो ।
बच्चन पाण्डे
होलीको अवसरमा रिलिज भएको अक्षय कुमार अभिनित फिल्म बच्चन पाण्डेले पनि बहिष्कारको सामना गर्नुपरेको थियो । फिल्म रिलिज भएलगत्तै सामाजिक सञ्जालमा बच्चन पाण्डे बहिष्कारको ट्रेन्डिङ नै देखियो । फिल्ममा पाण्डे उपनामलाई गलत चित्रण गरेकोमा मानिसहरूले आपत्ति जनाएका थिए । त्यसयता ट्विटरमा ह्यासट्याग बाइकट बच्चन पाण्डे ट्रेन्डिङ हुन थालेको थियो। यो फिल्म पनि बक्स अफिसमा असफल सावित भयो । धेरै संघर्षपछि बच्चन पाण्डेले ५० करोडको आँकडा पार गरेको थियो ।
सम्राट पृथ्वीराज
हालै रिलिज भएको अक्षयको अर्को फिल्म सामाजिक सञ्जालमा बहिष्कार भएको छ । यस फिल्मको नाम सम्राट पृथ्वीराज थियो । हिन्दू संगठनले निर्माताले सम्राट पृथ्वीराजको अपमान गरेको आरोप लगाएका थिए । साथै फिल्म रिलिज नगर्ने धम्की दिएपछि फिल्मको नाम परिवर्तन गरिएको थियो । चन्द्रप्रकाश द्विवेदीको यो फिल्म फ्लप साबित भयो । फिल्मले बक्स अफिसमा ६८.०५ करोड कलेक्सन गरेको थियो ।
शमशेरा
रणवीर कपूरको फिल्म शमशेराले पनि यो वर्ष बहिष्कारको सामना गर्नुपरेको थियो । मानिसहरूले फिल्मका निर्माताहरूमाथि हिन्दू धर्मको भावनामा चोट पुर्याएको आरोप लगाएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । फिल्मले कुल ४२.४८ करोड कमाएको थियो ।
रक्षा बन्धन
रक्षा बन्धन फिल्म अक्षय कुमारको यस वर्षको लगातार तेस्रो फिल्म हो जुन बक्स अफिसमा फ्लप साबित भयो। यो फिल्मलाई लिएर कतिपयले बहिष्कार गर्ने ट्रेन्ड सुरु गरेका थिए । फिल्मकी लेखिका कनिका ढिल्लनको केही पुरानो ट्विटका कारण उनीप्रति मानिसहरु रिसाए र फिल्म बहिष्कारको माग गर्न थालेका थिए । यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन । रक्षाबन्धनले अहिलेसम्म ४३.२२ करोड मात्र कमाएको छ ।
लाल सिंह चड्डा
आमिर खानको ‘लाल सिंह चड्डा’लाई यो वर्षको सबैभन्दा ठूलो फ्लप फिल्म भन्न सकिन्छ । करिब १८० करोडको बजेटमा बनेको यो फिल्ममा बाइकटको सबैभन्दा ठूलो असर देखिएको छ । लाल सिंह चड्डाले अहिलेसम्म ५६.८३ करोड मात्रै संकलन गरेका छन् ।
लिगर
साउथ अभिनेता विजय देवरकोंडाले पनि बाइकटको सामना गर्नु परेको छ । फिल्म लिगर हाल हलमा चलिरहेको छ । फिल्म रिलिज हुनुअघि नै बाइकटको सामना गर्नुपरेको फिल्म लिगरले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेको छैन । फिल्मले अहिलेसम्म ३६ करोड मात्रै कमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया