ट्रम्पकी सल्लाहकार भन्छिन् “ म पनि यौन आक्रमण पीडित छु ”

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहकार केलियाने कानवेले आफूलाई पनि किशोरावस्थामा यौन उत्पीडन सहनु परेको बताएकी छिन् ।

सीएनएनसँग कुरोकानीमा कानवेले भनिन् “ म पनि यौन आक्रमण पीडित छु ”

यसअघि ५१ वर्षीय कानवेले कांग्रेसका एक सदस्यले उनको यौन उत्पीडन गरेको संकेत गरेका थिए ।

राष्ट्रपति टम्पले सर्वोच्चका लागि नामांकित न्यायाधीश बे्रट क्याभेनफमाथि किशोरावस्थामा यौन उत्पीडन गरेको आरोपको बचाउ गर्दै यस्तो बताएकी हुन् ।

“ म यौन आक्रमणको शिकार महिलाको पीडा बुझ्छु ” उनले भनिन् ।

क्याभेनफको नामांकनको पुष्टिका लागि अमेरिकी सिनेटमा हुने मतदानलाई नाटकीय शैलीमा एक साताका लागि सारिएको छ ।

यो क्रममा एफबीआईले क्याभेनफमाथि लागेको यौन उत्पीडन गरेको आरोपको पुष्टि गरिरहेको छ ।

यसअघि क्याभेनफमाथि लागेको यौन उत्पीडनको आरोपसम्बन्धी सिनेटमा भएको सुनुवाईलाई विश्वभर करोडौं मानिसले देखेका छन् ।

पीडित डा. क्रिस्टीन ब्लासी फÞोर्डले  सिनेट समितिको सक्षम क्याभेनफले आफूलाई किशोरावस्थामा यौन आक्रमण गरेको आरोप लगाएकी थिइन् ।

एफबीआईले यो आरोपका अतिरिक्त कम्तमिा एक अन्य महिलाले लगाएको आरोपको पनि जाँच गरिरहेको छ ।

ट्रम्पकी सल्लाहकार कानवेले आफ्नो यौन शोषणको कुरो पहिलो पटक गरेकी छ्रिनन् ।

सन् २०१७मा राष्ट्रपति ट्रम्पको चुनाव अभियान सम्हाल्ने क्रममा उनले एमएसएनबीसीलाई दिइएको एक साक्षात्कारमा यौन उत्पीडनको संकेत गरेकी थिइन् ।

उनले भनेकी थिइन् “ म कांग्रेसका केही सदस्यहरूसँग कुरो गर्न चाहन्छु । जतिखेर म सुन्दर युवती थिएँ त्यतिखेर कुनै केटीलाई उनीहरूको इच्छा विपरीत स्पर्श गर्न , उनको इच्छा विपरीत उनीहरूको मुखमा जिब्रो हाल्नु सही थियो र ?”

सन् २०१७मा यो भनाइलाई कसैले वास्ता गरेको थिएन किनभने त्यतिखेर मेरो राजनीतिक विचार फरक भएको उनले बताइन् ।

उनले भनिन् “ म पनि यौन हमलाबाट पीडित छु । न्यायाधीश क्याभेनफ वा ज्याक टेपर वा जेफ फ्लेक वा कोही अन्य यसका लागि जिम्मेवार हुन भने मेरो अपेक्षा होइन् ।

मलाई लाग्छ हरेक व्यक्ति आफ्नो व्यवहारका लागि जिम्मेवार छ ।”

 “सबै भन्दा ठूलो गल्ती हामी पीडितहरूले शोषण गर्ने व्यक्तिको राजनीतिक झुकाव वा लिंग देखेर व्यवहार गर्छौ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?