यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सोमबारका अमेरिकी डलरको खरिददर ११५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ११६ रूपैयाँ २८ पैसा तोकेको छ ।

युरो १ को खरिददर १३४ रूपैयाँ २९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ९९ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५० रूपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रूपैयाँ ५३ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रिदर ३१ रुपैयाँ १ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४२ पैसा र बिक्रिदर १० रुपैयाँ ४७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३८१ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर ३८३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०६ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३०८ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?