काठमाडाैं : नेपाल राष्ट्र बैंकले चालु अार्थिक बर्षका लागि जारी गरेको माैद्रिक नीतिअनुसार बोमी मार्इक्रोफार्इनान्सले अर्को मार्इक्रोफार्इनान्ससँग मर्जरमा जाने प्रस्ताव अघि सारेको छ ।
अागामी साधारणसभामा यो लघुवित्तले मर्जर या अर्को मार्इक्रोफार्इनान्स प्राप्तिको प्रस्ताव लैजाने भएको हो । समान प्रकृतिको कारोबार गर्ने लघुवित्त सं)स्थाहरूसँग मर्जर एवं एक्वीजिसनमा जाने प्रस्ताव सहित बोमीले अागामी कात्तिक १७ गते साधारणसभा गर्दैछ ।
राष्ट्र बैंकले चालु अार्थिक बर्षको माैद्रिक नीतिमा लघुवित्त संस्थाहरूको सञ्चालन खर्च नियन्त्रण गर्न र ठूलो पूँजी अाकार भएको बलियो संस्था बनाउन मर्जरको नीति ल्याएको छ । साथै, नयाँ लघुवित्त सञ्चालनको अावेदन समेत रोकेको छ ।
संस्थाको कार्यक्षेत्रलार्इ राष्ट्रियस्तरको बनाउनेसहित शेयरधनीलार्इ २५% नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत साधारणसभामा लैजान लागिएको संस्थाले जानकारी दिएको छ ।
मार्इक्रोफार्इनान्सको संख्या धेरै भएपनि कार्यक्षेत्र र दायरा फराकिलो नभएको जनाउँदै केन्द्रीय बैंकले लघुवित्त मर्जरको नीजि ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया