अन्तरिक्षमा पौडिरहेको फोहर सफा गर्ने जाल

एजेन्सी : अन्तरिक्षलाई फोहर मुक्त पार्ने अभियान अन्तर्गत बेलायतको एक स्याटेलाइटले अन्तरिक्षमा जाल फैलाएको छ ।

यो जालले अन्तरिक्षमा पौडिरहेका फोहरलाई संकलन गर्ने भएको छ ।

यो जाल पृथ्वीबाट ३ सय किलोमीटर भन्दा माथि फैलाइएको छ ।

अनुमान गरिए अनुसार पृथ्वीको कक्ष वरिपरि करिब साढे सात हजार टन फोहर पौडिरहेको छ ।

यो फोहर विशेष उद्देश्यका साथ अन्तरिक्षमा पठाइएका भू–उपग्रहहरूका लागि खतरा बनिरहेको छ ।

जालको प्रयोगबाट अन्तरिक्षमा जुत्ताको जस्तो पौडिएको फोहरलाई फसाइएको भिडियोमा देखिएको छ ।

सूरे स्पेस सेन्टरका निर्देशक प्रोफेसर गुगलाइलमो अगलीतीले  फोहर सफा गर्ने जालले अपेक्षा गरेजस्तो काम गरिरहेको बताए ।

जालले फोहरलाई फसाउन सके भने स्याटेलाइटको मदतबाट अन्तरिक्षका फोहरलाई पृथ्वीको कक्षबाट बाहिर अन्यत्र फालिने उनले जनाए ।

जालको प्रयोग गरी फोहर संकलन गर्ने काम पहिलो पटक गरिएको छ । यी फोहर यसअघि अन्तरिक्षमा पठाइएका पुराना भू–उपग्रहका टुक्रा र अन्तरिक्ष यात्रीहरूद्वारा भूलबस छोडिएका वस्तुहरूका टुक्रा पोडिरहेका छन् ।

यसलाई हटाउन नसकिए अन्तरिक्षमा क्रियाशील स्याटेलाइटलाई यसले क्षति पु-याउन सक्ने आंशका गरिएको छ ।

यी टुक्राहरू एक आपसमा ठोक्किदा थप फोहर निर्माण हुनेछ । यसरी बढ्दै गएको फोहर ठूलो समस्या निम्त्याउन सक्ने बुझाइ छ ।

आगामी समयमा अन्तरिक्षमा स्याटेलाइट उपयोगीता र आवश्यकताका आधारमा पठाउने काम गरिने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?