‘स्वायत्त’ राष्ट्र बैंकमाथि अर्थमन्त्री खतिवडाको चरम हस्तक्षेप

काठमाडाैं : बजेट तर्जुमादेखि नै निरन्तर विवादमा तानिँदै अाएका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको स्वायत्त अधिकारमाथि समेत हस्तक्षेप गरेका छन् । 

दुर्इ तिहार्इ बहुमतको वर्तमान सरकार अाफ्नै कामका कारणले चाैतर्फी अालोचनामा फस्दै गर्दै अर्थमन्त्री खतिवडाले पनि केन्द्रीय बैंकमाथि अाफ्नो 'तुजुक' देखाएका हुन् । माैद्रिक नीतिदेखि नै राष्ट्र बैंकको स्वायत्त क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै अाएका खतिवडाले यो निकायलार्इ अर्थ मन्त्रालयको 'पपेट एजेन्सी' बनाउन खोजेको केन्द्रीय बैंकका अधिकारीहरूले गुनासो गरिरहेका छन् । 

गर्भनर डा. चिरञ्जीवि नेपालले चालु अार्थिक बर्षको माैद्रिक नीतिमा ठूला बैंक तथा वित्तीय संस्थाहरूको 'वीग मर्जर' अघि बढाउन खोजेका थिए । तर यो अर्थमन्त्री खतिवडाकै दबाबमा यो बुँदा माैद्रिक नीतिबाट हटार्इएको थियो । 

राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरूलार्इ 'डिमोरजार्इज' गर्न अर्थमन्त्री खतिवडाले निर्देशक रामशरण खनाललार्इ अर्थ मन्त्रालयमा काजमा समेत झिकार्इसकेका छन् । अहिले उच्च वरियताका डेपुटी गर्भनरहरूले खतिवडाको अादेशमा अर्थमा टेबलकुर्सी जोडेर बसेका खरेललार्इ राष्ट्र बैंकबारेको रिपोर्टिङ गर्नुपर्ने अवस्था छ । खतिवडाको यो कदमप्रति राष्ट्र बैंकका अधिकारीहरूमा चरम अाक्रोश देखिन्छ । 

''खतिवडाजी अाफुलार्इ सर्वज्ञानी ठान्नुहुन्छ, अब त केन्द्रीय बैंकले उहाँकै अनुकूल हुनेगरि अर्थतन्त्रको वास्तविक अवस्थाबारेको विवरण समेत सच्याउनुपर्ने दिन अाएको छ,'' राष्ट्र बैंकका एक निर्देशक भन्छन् ''बहुमतको उन्माद सरकारका कसैमा भरिएको छ भने त्यो सबैभन्दा बढि पूर्व गर्भनर एवं हालका अर्थमन्त्री खतिवडामा बढी देखिएको छ ।'' यसअघि राष्ट्र बैंक अाफैंले देशको वर्तमान अार्थिक स्थितीबारेको विवरण सार्वजनिक गर्ने गरेको, तर अहिले अर्थमन्त्रीकै दबाबमा सो विवरण हटाएर खतिवडाले तयार गर्न लगाएको विवरण राखिएको छ । 

अर्थतन्त्रका बारेमा अाैपचारिक धारणा दिने स्वायत्त अधिकार भएको राष्ट्र बैंकलार्इ अहिले अर्थमन्त्री खतिवडाले अाफु अनुकुलको अखडा बनाउन खोजिरहेको अर्थ मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । अर्थतन्त्रबारे भविष्यको समेत प्रक्षेपण गर्ने राष्ट्र बैंकलार्इ खतिवडाले सो काम गर्न पनि रोक लगार्इसकेका छन् । 

बैंकले चालु खाताको तीब्र घाटाले विनिमय सञ्चिति घटेर समस्या हुने संकेत गर्नासाथ अर्थमन्त्री खतिवडाले अागामी अार्थिक परिदृश्य सार्वजनिक नगर्न केन्द्रीय बैंकलार्इ दबाब दिएका थिए । बैंकका अधिकारीहरूले करकापका कारण अर्थमन्त्रीको र्इच्छालार्इ सदर गरिएका छन् । चालु अार्थिक बर्षको सुरूवातदेखि राष्ट्र बैंकले अागामी परिदृश्यबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । 

नियमित भेटघाटमा गएका राष्ट्र बैंकका कर्मचारीलार्इ अर्थमन्त्री खतिवडाले हप्कीदप्की समेत गर्ने गरेको ती अधिकारीहरू बताउँछन् । केन्द्रीय बैंकले कुनै नयाँ काम गर्न खोज्दा खतिवडाले राम्रै भएपनि ती कामलार्इ रोकिदिने गरेको एकजना अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?