कक्षा १२ को नतिजा आउन अझै केही दिन लाग्ने

लोकपथ
245
Shares

काठमाडौं । कक्षा १२ को नतिजा आउन अझै केही दिन लाग्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाफल सार्वजनिक गर्ने भने पनि आज नगर्ने भएको हो ।

शुक्रबार वा शनिबारसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीले लोकपथलाई जानकारी दिए ।

‘सबै तयारी भइसकेको छ,’ उनले लोकपथसँग भने, ‘यही साताभित्र अन्तिम नतिजा सार्वजनिक हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?