काठमाडाैं : माहुली लघुवित्त वित्तीय संस्थालार्इ पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले ५०% हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।
अाफ्ना शेयरधनीसँग रहेको रहेक २ कित्ता शेयर बराबर १ कित्ता थप शेयर दिन माहुलीले साधारणसभामा प्रस्ताव गरेको थियो । बोर्डले स्वीकृति दिएसँगै माहुलीले २:१ अनुपातमा ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
६ करोड रूपैयाँ चुक्तापूँजी रहेको यो लघुवित्तले हकप्रद निष्काशनपश्चात यसको अाकार ९ करोड रूपैयाँ पु-याउनेछ । हकप्रद निष्काशन र बिक्री प्रबन्धकमा माहुलीले सनरार्इज क्यापिटललार्इ नियुक्त गरेको छ।
यो लघुवित्तले गत अार्थिक बर्षमा १ करोड ४७ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म १ अर्ब ५५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको माहुलीको खराब कर्जा अनुपात १:८३% र प्रतिशेयर अाम्दानी २४.६३ रूपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया