काठमाडौं । भुटानमा जारी 'साफ' यू–१८ महिला च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बेलुका भएको खेलमा बंगलादेशले पाकिस्तानलाई १७–० को फराकिलो जित दर्ता गरेपछि नेपाल एक खेल अगावै अन्तिम चारमा पुगेको हो । बंगलादेशका लागि सिरत जाहान सोप्नाले दोहोरो ह्याट्रिकसहित ७ गोल गर्न सफल भइन् भने मार्जियाले ह्याट्रिक पुरा गरिन् ।
लगातार दोस्रो हारसँगै पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । यस अघि नेपालले पाकिस्तानलाई १२–० गोलले हराएको थियो ।
अब नेपालले बंगलादेशसँग समूह विजेताको लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीच खेल भोली ‘मंगलबार’ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया