काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रमा आज ७ घण्टा विद्युत कटौती हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सडक विस्तारका लागि बालाजु क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत कटौती गर्ने भएको हो ।
बालाजुको वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म विस्तार भइरहेको सडकका पोल स्थानान्तरण गर्न बालाजु वितरण केन्द्रले सो क्षेत्रमा विद्युत कटौती गरेको हो ।
सो अवधिभर बालाजु–धर्मस्थली र बालाजु–नागार्जुन फिडरको विद्युत सेवा अवरुद्ध भएको छ ।
बालाजु–धर्मस्थली फिडरको आपूर्ति बन्द हुने भएकाले नै पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रे देउरालीलगायत स्थानको समेत विद्युत अवरुद्ध हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया