प्रियंकाले भनिन्, ‘राधा २’ मा आयुष्मानले खेल्नेबारे जानकारी छैन

काठमाडौं । नायिका प्रियंका कार्कीले चलचित्र ‘राधा २’ मा आयुष्मान देशराज जोशी अनुबन्ध भएको बारे आफू अनभिज्ञ भएको बताएकी छिन् । काठमाडौंमा आयोजना गरिएको उनी अभिनित चलचित्र ‘कथा काठमाडौं’ को प्रेस शोमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै प्रियंकाले आफूलाई यो बारे कुनै जानकारी नभएको बताइन् ।

‘राधा २’ मा प्रियंका कार्कीसँगै आयुष्मान जोशी पनि अनुबन्ध भएका समाचार प्रकाशन भएका थिए । ‘मैले पनि ती समाचार पढेँ, तर मलाई यो समाचार कसरी आयो भन्ने थाहा भएन, अहिले आयुष्मान यहाँ छैन, अहिले ऊ सम्पर्क हुन नसक्ने स्थानमा छ ।’, उनले भनिन् ।

साथै उनले आफू फिल्ममा अनुबन्ध भएको पनि स्पष्ट पारिन् ।

पछिल्लो समय आयुष्मान र प्रियंकाको प्रेमको चर्चा धेरै नै हुन थालेको छ । यी दुईले नपत्याउँदो किसिमले केही महिनाअघि इङ्गेजमेन्ट गरेका थिए । आयुष्मान र प्रियंका फिल्म ‘कथा काठमाडौं’ मा एउटै फिल्ममा देखिए पनि फिल्ममा भने जोडीका रुपमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?