जुम्ला । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेल मैदान बन्ने भएको छ ।
दुई हजार ८ सय मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेल मैदान बन्ने भएको हो ।
जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरमा खेलकूद मैदान बनाउन लागेको बताए ।
‘‘यस खेलकूद मैदान निर्माणका लागि अहिले मैदान मिलाउने काम भइरहेको छ’’, उनले भने, सरकारको १५ लाख बजेटमा खेलमैदान मिलाइरहेका छौँ, यसको डिपिआर पनि बन्दैछ प्रतिवेदन आउन बाँकी छ ।
कर्णाली प्रदेश खेलकूद गतिविधि, खेदकूद मैदान, रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले खेलकूद मैदानको हालै सम्भाव्यता अध्ययनको कार्य शुरु गरिएको थियो ।
‘कर्णाली रंगशाला’ निर्माणले एकातिर कर्णाली प्रदेशको खेल जगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकूद पर्यटनका रूपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने देखिन्छ ।
यसका लागि सम्बन्धित सबै सरोकारवालाले बेलैमा ध्यान दिन आवश्यक छ ।
मालिका मावि लोडचौरमा हाइअल्टिच्युट टे«डिङ सेन्टरको डिपिआर तयार भएपछि उक्त विद्यालयलाई कहाँ लिने के गर्ने भन्ने निर्णय हुने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया