काठमाडौं । बंगलादेशमा जारी ‘एसीसी’ यू-१९ एशिया कपमा नेपालले अफगानिस्तानलाई १ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
साभार स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३१ रनको योगफल तयार पारेको थियो ।
नेपाल लागिका चार खेलाडीले मात्र दोहोरो अंक बनाउन सके । खराब शुरुवाती समयमा खराब प्रर्दशन गरेको नेपालले १८ रनमा तीन विकेट गुमाएको थियो । ओपनर ब्याट्म्यान रवीकुमार शाह दुई रन जोड्दै पेभेलियनमा फर्किए ।
सन्दिप जोराले खाता नै खोल्न सकेनन् । रित गौतम १० रनमा आउट भए ।
कप्तान आशिफ शेख र रोहित पौडेलले ५३ रनको साझेदारी गरे । आशिफले २० रन जोडे । भिम सार्की मात्र ५ रन बनाएर पेभेलियनमा फर्किए ।
रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन तथा रशिद खानले २९ रनको योगदान दिए । अफगानिस्तानका लागि आज्मतुल्लाह ओमर्जाले सबैभन्दा बढी ४ विकेट लिन सफल भए । अब्दुल रहमान र क्विस अहमेदले समान १-१ विकेट लिएका थिए । अहिले विजयी लक्ष्य लिएर अफगानिस्तानले ब्याटिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया