विं स.२००८ मा सर्लाहीमा जन्मिएका मनोरञ्जन रमण शर्माको बाल्यकाल सामान्य बच्चाहरुको जस्तै बित्यो । फरक यत्ति थियो उनका बुबा नेपाल प्रहरीमा जागिरे भएका कारण बुबाको सरुवा भएको जिल्ला वा नगरमा उनीहरुको परिवार पनि बसाइ जानुपथ्र्यो । वि सं. २०१६ सालमा सर्लाहीबाट काठमाडौँ आएदेखि भने उनको परिवार काठमाडौँ ठमेल पक्नाजोलका स्थायी बासिन्दा । विद्यार्थीकालदेखि नै भलिबलमा बडो चाख भएका शर्मा हाल नेपाल भलिबल संघका अध्यक्ष छन् । भन्छन्, ‘साथीहरुले तपाई हामी सबैको अभिभावक अब भलिबलको पनि अभिभावक बन्नुपर्यो भने अनि बने ।’ विभिन्न देशहरुमा आयोजना हुने भलिबल गेममा आफ्ना खेलाडीलाई हौसला प्रदान गर्न पुगेका हुन्छन् उनी । केही समय अगाडि विदेश जाँदा कोरियाका खेलाडीले हात हातमा टक्क टुक्क बल पास गरेको देखेर उनी तीनछक्क मात्रै होइन दंग परे । हाम्रा खेलाडीलाई त्यो अवस्थामा कहिले देख्न पाइएला भन्ने प्रश्नमा उनी मुस्कुराउँछन् । मेरो सपना पनि त्यही हो । बजेट पर्याप्त हुने बित्तिकै धेरै व्यवस्थापन मिल्छ ।राष्ट्रिय खेल भलिबलको वर्तमान अवस्था के कस्तो छ भन्ने विषयमा केन्द्रित रहेर नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मासँग लोकपथकर्मी अनिता आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
केमा व्यस्त हुनुहुन्छ हिजो आज ?
अहिले हामी भलिबलको सन्दर्भमा मेक्सीको जाने तयारीमा छौँ । भिसा न्यू दिल्ली बाट लिनुपर्ने भएकोेले अलि गाह्रोे रैछ । छिटो भिसा मिलाई दिनु भनेर सम्पर्क गर्ने कार्यमा अलि व्यस्त छु ।
मेक्सीकोमा कुन गेम हुँदैछ अहिले ?
सेमिनार हुँदैछ । एफआईभिवी ले गरेको एजिएम ।
तपाई निर्वाचित भएर आउनु भएको अढाई वर्ष भइसकेको छ । यो समयावधिमा गरिएको उपलब्धिहरु र यहाँलाई अनुभुति भएको कुरा के के छन् ? बुदाँगत रुपमा बताइदिनुहोस् न ।
हामी आउनु पहिला भलिबल कुन स्थितिमा थियो बुझ्न जरुरी छ । आफ्नो मूल्याङ्कन आफै गर्नु भन्दा सबै मिडियाकर्मी, सबै भलिबल पे्रमी, राष्ट्रिय खेलकुद परिषद् तथा सरकारले यस विषयमा मूल्याङ्कन गर्न जरुरी छ ।
निचोडमा भन्नुपर्दा म अध्यक्ष भइसकेपछि नै भलिबल राष्ट्रिय खेलका रुपमा घोषणा भएको हो । यो ठूलो उपलब्धि हो । यसलाई राष्ट्रिय खेल बनाएपछि हाम्रो काँधमा जिम्मेवारी त थपियो, जिम्मेवारी पूरा गर्न हामी जुर्मुराएर लागी पनि प¥यौं तर, सरकारले राष्ट्रिय खेललाई नै बेवास्ता गरिरहेको छ जस्तो मलाई लाग्छ । भलिबलको लागि अलिकति पनि रकम छुट्याएको छैन । खेलकुद परिषद्ले हामीलाई सहयोग गरिरहेको छ तर, त्यो अपुग छ । त्यसैले हामीले स्पोनसरहरु खोजिरहेका छौँ । राष्ट्रिय वाणिज्य बंैक साथै सुमार्गी ग्रुपले हामीलाई सहयोग गरिरहेको छ । एमएफ सी सी आईले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । इन्डियाको आधि आवादी भन्ने संस्थाका दिनेश सिंह, सूर्य गुरुङले सहयोग गर्नु भएको छ ।
संघीय स्वरुप प्रदेशमा गएपछि प्रदेशहरुमा पनि भलिबल खेलको विकास विस्तार गर्ने साथै स्थानीय तह र सरकारले चासो देखाउनु पर्ने हो यो विषयमा के भइरहेको छ जस्तो लाग्छ ?
हामीले प्रदेशका मेयरहरुलाई सहभागी हुन अनुरोध गरिरहेका छौँ र उनीहरु आइरहेका पनि छन् । भक्तपुर, चितवन, बाग्लुङको गलकोटमा यसको थालनी पनि भइसक्यो । सबै प्रदेशका मेयरहरुले वर्षको एकचोटी भलिबल प्रतियोगिता गराउनुभयो भने यसले धेरै नै आड पुग्छ र प्रतिभाहरुले प्रस्फुटन हुने अवसर पनि पाउँछन् । यसबाट राष्ट्रिय खेलाडीह पनि उत्पादन गर्न सकिन्छ ।
नेपाल भलिबल संघ त अभिभावक भयो, प्रदेश र स्थानीय तह बाट चाहिँ कति आउँछन् ?
थोरै आउँछन् । भलिबल राष्ट्रिय खेल भइसकेपछि सबैजना टुर्नामेन्ट गर्न चाहन्छन् । धैरै जसो जिल्ला क्षेत्रबाट आउँछन् । टुर्नामेन्ट गर्नु उनीहरुको अधिकार हो हामी त्यसमा प्रफुल्लित हुन्छांै र सक्दो सहयोग पनि गर्छौं । तर, भलिबलको विकासमा दुईवटा कुराले बाधा पु¥याइरहेको छ । एउटा पूर्वाधार, अर्को बजेट ।
बजेट नपुगेको खण्डमा सहयोगी हातहरुको साथ साथै हामी आफैँले पनि पकेटबाट पैसा खर्च गरेर यसको विकासमा लागिरहेको छौँ ।
खेलाडीहरुले प्रशिक्षणमा जाँदा एक पैसा पार्इंदैन, त्यसमाथि तयारी नै पुग्दैन भन्ने विभिन्न गुनासाहरु राख्छन् । यस्तो किन हुन्छ ?
यसमा दुईवटा कुरा छ, राष्ट्रिय खेलाडीलाई क्लोजिङ क्याम्पमा राख्छौँ । त्यो बेलामा उनीहरुका लागि बस्ने, खाने सबै सुविधा हामीले नै मिलाइदिन्छौं । तर, भलिबल संघले राज्यबाट रकम पाउने होइन । राज्यले राष्ट्रिय खेलकुद परिषद्लाई दिएपछि मात्र हामीले परिषद्बाट प्राप्त गर्ने हो । त्यसैले राष्ट्रिय खेलाडीलाई भलिबल संघसँग कुनै गुनासो छैन । राष्ट्रप्रति गुनासो त छ तर देशको अवस्था अनुसार त्यति गुनासो गरिहाल्नु सुहाउँदैन । विस्तारै सुधार हुन्छ ।
पहिलेको तुलनामा भलिबलमा जनता, व्यक्ति, संस्थाहरुको संलग्नता बढेको हो ?
सत प्रतिशत बढेको छ । म भलिबल संघमा रहेको १२ वर्ष भइसक्यो । पहिला वर्षैभरिमा एउटा गेम गराउन पनि मुस्किल हुन्थ्यो । अहिले त्यस्तो छैन । विदेशबाट हामीलाई डोनेसनमा भलिबल आउँछ, नेट आउँछ त्यसैलाई हामीले अधिराज्यभरि बाँड्छांै । यसले जनतामा साहस र जागरण पैदा भएको छ ।
अन्तर्राष्ट्रियस्तरका खेलहरुमा मेडल ल्याउनको लागि नेपाली खेलाडीलाई नपुग्दो के देख्नुभएको छ ?
३२ बर्ष पछि यसपालि एसिएन गेममा भाग लियौँ । इन्डोनयसियामा हाम्रो प्रस्तुति यति राम्रो भयो कि विभिन्न राष्ट्रले हाम्रो खेलको चर्चा गरेका छन् । नेपालमा भलिबलको सम्भावना रहेछ भनेर स्वीजरल्यान्डमा रहेको एसिएन भलिबल कर्पोरेसनले समेत हाम्रो प्रशंसा गरिरहेको छ । र, सक्दो सहयोग गर्न पनि तयार छ ।
खेलाडीलाई ट्रेनिङ दिन, पूर्वाधार जुटाउन हामीसँग बजेट छैन । प्रशिक्षण दिन न उत्कृष्ट प्रशिक्षक छन् न त ठाउँ नै । अबको साफ गेमको लागि अहिले देखि तयारी गरिरहेका छौं ।
खेलाडीलाई ट्रेनिङ दिन, पूर्वाधार जुटाउन हामीसँग बजेट छैन । प्रशिक्षण दिन न उत्कृष्ट प्रशिक्षक छन् न त ठाउँ नै । अबको साफ गेमको लागि अहिले देखि तयारी गरिरहेका छौं । राष्ट्रिय खेलकुद परिषद्ले पनि हामीलाई पूरा सहयोग गर्ने प्रतिबद्धता गरेको छ । राष्ट्रले पनि हामीलाई सहयोग गरिदियोस् भन्ने इच्छा छ । हामीमा आँट छ । विश्वास छ । हामीले मेडल ल्याउँछौं ।
साफ च्याम्पियनसीपको लागि के छ तयारी ?
साफ च्याम्पियनसीपको लागि ‘क्लोजिङ क्याम्प’ राख्ने बेला भएको छैन । मार्चमा गर्ने भनिएको छ तर, मिति फिक्स छैन । त्यति बेलासम्म पूर्वाधार पनि बन्ला । ‘क्लोजिङ क्याम्प’ राख्नुस् भन्ने हो भने हामी क्याम्प राख्छौं । हामी गोल्ड मेडल नभएपनि सिल्भर मेडल चाहिँ पक्कै ल्याउन सक्छौं । तर, तयारीका लागि आवश्यक कुरा खेलकुद परिषद्ले उपलब्ध गराइदिनुप¥यो । हामीसँग बजेट छैन । खल्तीबाट हाल्नुपर्ने अवस्था छ ।
अन्तर्राष्ट्रिय स्तरमा भलिबलमार्फत् नेपाललाई चिनाउनको लागि अब अरु के के तयारी गर्नुपर्ला ? केही कमीकमजोरी औंल्याइदिनुस् न ।
पहिला हामीले पर्याप्त बजेट पाउनुप¥यो । त्यसपछि खेलाडीलाई आवश्यक सम्पूर्ण कुराहरु उपलब्ध गराउन सक्नुप¥यो । खाने, बस्ने, ट्रेनिङदेखि लिएर उचित प्रशिक्षण सबै दिनसक्नुप¥यो । उनीहरुलाई आवश्यक इनपुट दिन सके मात्र हामीले चाहेजस्तो आउटपुट पाउन सक्छौँ ।
अन्तिममा के भन्न चाहानुहुन्छ ?
मलाई यो देशको भलिबल खेलाडीहरुको चिन्ता छ । भविष्यमा राष्ट्रिय खेलाडी त बनाउनुनै छ तर उनीहरुको लाईफ इन्सुरेन्स, रिटायरमेन्ट पछि के पाउँछन्, आर्थिक उन्नति कसरी गराउने भन्ने बारे खास चिन्ता छ ।
तर म हिम्मत हार्ने मानिस होइन । दायाँबायाँ हात समातेर उचाल्ने साथीहरु हुनुहुन्छ । म चाहिँ आफ्नो बुद्धि, विवेक, परिश्रम प्रयोग गरेर सबैलाई समेट्ने प्रयास गरिरहनेछु । सबैको सहयोगले सकेसम्म गोल्ड मेडल नभए अरु नै मेडल भएपनि ल्याएरै देखाउने छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया