१. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बिहीवार फेरि बोलाइयो, महाअभियोगको औचित्य समाप्त भएपनि संसदको गरिमाका लागि उपस्थित भएको जबराको दाबी ।
२. सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा १ सय सिटको अडान नछोड्ने नेपाली कांग्रेसको निष्कर्ष, लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि चुनावी गठबन्धनमा जोड्नुपर्ने विषयमा जोड ।
३. जनतालाई कंगाल बनाउन देशविरुद्ध गठबन्धन लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, आगामी निर्वाचनमा एमालेले कम्तीमा १५० सिट जित्ने दाबी ।
४. भृकुटीमण्डपमा संचालनमा रहेको फनपार्कलाई बाँकी कर तिर्न महानगरपालिकाको २४ घण्टे अल्टिमेटम, तोकिएको समयभित्र कर नबुझाएमा फनपार्क शिलबन्दी गर्ने चेतावनी ।
५. नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरु पुगे राष्ट्रपति भवन, नागरिकता विधेयकको विषयमा छलफल ।
६. मोटरसाइकलको अगाडी ह्याण्डिलमा मोबाइल राख्नका लागि प्रयोग गरिने स्ट्याण्ड राख्न बन्देज, मोबाइल स्ट्याण्ड राखे २ हजार जरिवाना गरिने ।
७. आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई धक्का, राज्यमन्त्रीदेखि प्रदेश अध्यक्षसमेत एमालेमा प्रवेश ।
८. धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गा किर्ते गरेको आरोप ।
९. हेटौंडा उपमहानगरपालिकाको बैठकले गर्यो दुई विवादास्पद निर्णय । नेपाल प्रेस युनियनको ९औं महाधिवेशनका लागि १० लाख रुपैयाँ अनुदान र यस्तैगरी महिला जनप्रतिनिधिहरुलाई कोट र साडी दिने ।
१०. पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि १ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ पुग्यो ।
११. सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक २१.९७ अंकले घट्दा एक अर्ब १२ करोड बढीको कारोबार ।
१२. मोक्ताद अल–साद्रले राजनीति छाड्ने घोषणा गरेसँगै इराकमा सुरु भएको हिंसाले उग्र रुप लिँदै, देशको जटिल राजनीतिक अवस्था जारी रहे आफ्नो पदबाट राजीनामा दिने प्रधानमन्त्री मुस्तफा अल–काधिमीको भनाइ ।
१३. तत्कालिन सोभियत संघका अन्तिम राष्ट्रपतिको रुपमा चिनिने नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन, शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्न महत्वपूर्ण भूमीका खेलेका गोर्बाचेभप्रति विश्व नेताहरुको समवेदना ।
१४. आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीका लागि भक्तपुर दरबार स्क्वायरमा, ट्रफीसँग तस्बिर खिच्नेहरुको घुइचो ।
१५. ५.१ बिलियन अमेरिकी डलरको मूल्य सहित स्पेनिस क्लब रियल मड्रिड बन्यो विश्वको सर्वाधिक धनी फुटबल क्लब, बार्सिलोना दोस्रो, म्यानचेस्टर युनाईटेड तेस्रो र लिभरपुल चौथो स्थानमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया